ताजा समाचार


सुनको मूल्यमा प्रतितोला रु ५००ले वृद्धि

द रियल समाचार     २०७८ माघ २५, मंगलवार, ११: ५८ मा प्रकाशित




काठमाडौँ, २५ माघ
सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला रु ५०० ले बढेर रु ९३ हजार १०० पुगेको छ । पहेँलो धातु सोमबार प्रतितोला रु ९२ हजार ६००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ६०० छ, यसको मूल्य अधिल्लो दिन रु ९२ हजार १०० थियो ।

यस्तै आज चाँदीको मूल्य अधिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार २६० कायम रहेको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१९ डलर आसपास कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top