ताजा समाचार


तमलोपाको कमिटी गठन

द रियल समाचार     २०७८ माघ १६, आईतवार, ११: ५९ मा प्रकाशित




जनकपुरधाम, माघ १५ गते

तराई मधेश लोकतान्त्रिक पार्टीको संगठन विस्तार गरिएको छ ।

गत मंसिर २८ गते रविशंकर कुमार कर्णको नेतृत्वमा निर्वाचन आयोगमा विधिवत दर्ता भएको तराई मधेश लोकतान्त्रिक पार्टीले संगठन विस्तार अभियानलाई तिव्र बनाएको हो ।

सोही क्रममा शनिबार धनुषाको धनौजी गाउपालिका वडा नम्बर–५ मा सुरेश ठाकुरको नेतृत्वमा २१ सदस्यीय कमिटी गठन गरिएको छ ।

प्रत्युत्पादक मानसिकता विरुद्ध संघर्ष गर्न र जनचेतनाको स्तर वृद्धि गर्ने उद्देश्यका साथ गठन गरिएको यस पार्टीले भविष्यमा राजनीतिमा एउटा नयाँ कदम चाल्ने पार्टी अध्यक्ष कर्णले दावी गरेका छन् ।

यसअघि नेपाली कांग्रेस परित्याग गरेर मधेश आन्दोलनमा लागेका महन्थ ठाकुरले तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) दर्ता गराएका थिए ।

पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा ठाकुर नेतृत्वको तत्कालीन तमलोपाले भाग लिएको थियो । दुबै संविधानसभा निर्वाचन छुट्टाछुट्टै लडेका ६ वटा मधेश केन्द्रित दल २०७४ सालमा एकीकरण भएर राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top