टीकापुर, १४ माघ
कैलालीको जानकी गाउँपालिका–६ सुवर्णपुरमा बनाइएको कान्जी हाउसका गाई–गोरुले स्थानीयवासीको गहुँबाली नोक्सान गरेका छन् । कान्जी हाउसमा राखिएका गाईगोरु एकैपटक खुला गरिदिएपछि सुवर्णपुरका एक दर्जन किसानको गहुँबाली पूरै मासिएको हो ।
“मेरो चार बिघा लगाएको गहँु पूरै नास गरेका छन्”, स्थानीयवासी गणेश चौधरीले भन्नुभयो, “छाडा गाईगोरु कान्जी हाउसमा हुलिएका छन् भन्नेमा थियौँ एक्कासी खोलिदिएपछि गाउँमा मलगायत धेरै किसानको गहँुबाली नास भएको छ ।” उहाँले कान्जी हाउसका गाई–गोरुले किसानको बाली अघाउञ्जेल खाएको बताउनुभयो ।
जानकी गाउँपालिकाको रु पाँच लाख सहयोगमा छाडा गाई–गोरु हुल्ने योजनाअनुसार सुवर्णपुरमा करिब एक महिनाअघि कान्जी हाउस निर्माण गरिएको हो । कान्जी हाउसमा टीकापुर, जोशीपुरदेखिका छाडा गाई–गोरु ल्याएर राखिएको थियो । स्थानीयवासीको भनाइअनुसार कान्जी हाउसमा करिब ८०० छाडा गाई–गोरु राखिएका थिए । यसरी खुल्ला अकाशमा निर्माण गरिएको कान्जी हाउसमा दैनिक गाई–गोरु मर्न थालेपछि स्थानीयवासीले विरोध गरेका थिए ।
कान्जी हाउसमा जाडो र भोकले गाई–गोरु मर्न थालेपछि स्थानीयवासीले वातावरण दुर्घन्धित भएको भन्दै विरोध गरेका थिए । स्थानीयले विरोध गर्न थालेपछि कान्जी हाउसमा राखिएका गाई–गोरुलाई खुला गरिएको हो । कान्जी हाउसमा राखिएका गाई–गोरु कसले खुला ग¥यो भन्नेबारेमा आपसमा आरोप–प्रत्यारोसमेत चलेको छ ।
स्थानीयवासीले कान्जी हाउस अन्यत्र सार्न वडा नं ६ का वडाध्यक्ष झनक विश्वकर्मा र गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीलाई ज्ञापनपत्रसमेत बुझाएका थिए । कान्जी हाउस निर्माणका लागि गाउँपालिकाले रु पाँच लाख खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर विष्टले बताउनुभयो । “छाडा गाई–गोरुलाई नियन्त्रण गर्न कान्जी हाउसमा लगानी ग¥यौँ, तर सफल भएन, के गर्ने यस्तै हो”, उहाँले भन्नुभयो ।
गाउँपालिकाले तारबारका लागि खर्च गरे पनि कान्जी हाउसमा राखिएका गाई–गोरुलाई खाने व्यबस्था थिएन । “जाडो मौसममा खुला आकाशमा गाईगोरु राख्दा मर्ने निश्चित हो, बिनायोजना काम गरेपछि यस्तै हुन्छ”, वडा नं ३ का वडाध्यक्ष प्रदीप शाहले भन्नुभयो, “खुलामा गाई–गोरु हुल्नु भनेकै मार्नका लागि हो ।”
स्थानीय बासिन्दा योजना बनाएर गाईवस्तु व्यवस्थापन कार्य सुरु गरेको भए यो समस्या नआउने बताउँछन् । “अन्य पालिकाका गाईगोरुसमेत ल्याएर यही हुलियो, अनि एक महिनामै छाडेपछि, भोका गाईवस्तुका बथान बस्तीमा पसेमा खेती रहन्छ त रु”, स्थानीय हरि चौधरीले भन्नुभयो, “खेतीपाती एकनासले सखाप पारे, यसरी मेहेनत र लगानी गरेर लगाएको खेती नोक्सान गर्ने अधिकार कसलाई छ रु अब यसको जिम्मा स्थानीय सरकारले लिनुपर्छ ।”
स्थानीयवासीले गाईगोरुले नोक्सान गरेको खेतीको क्षतिपूर्ति स्थानीय पालिका र वनले दिनुपर्ने माग गरेका छन् । “लाखौँ खर्च गरेर बाला लाग्ने समय भएको गहुँ र मसुरो पशुले खाएर सके”, चौधरी भन्नुहुन्छ, “हामीले क्षतिको राहत नपाए भोकमरी हुन्छ ।”
कैलालीमा छाडा पशु चौपाया सबै स्थानीय पालिकाको समस्या बनेको छ । यहाँका जनप्रतिनिधिले छाडा पशु व्यवस्थापन गर्छौँ भने पनि कसैले व्यवस्थापनमा काम गर्न सकेको देखिँदैन । पशु व्यवस्थापनमा पालिकाले गरेका खर्च सुदपयोग हुन नसकेको टीकापुरकी योजना अधिकारी बताउनुहुन्छ । “गाईले दूध दिन्छ, गाईको गहुँत पनि हामी किनेर खान्छौँ, तर त्यही गाई छाडा छोडिएका छन्”, अधिकारीले भन्नुभयो, “सरकारले व्यवस्थित गरेर पाल्न सकेको भए आम्दानी पनि लिन सकिन्थ्यो ।”
–––
प्रतिक्रिया