ताजा समाचार


बुद्धका पाइलट शेर्पालाई विमान चलाउनमा रोक

द रियल समाचार     २०७८ आश्विन १४, बिहीबार, १४: ०३ मा प्रकाशित




काठमाडौं : बुद्ध एयरका पाइलट आङ्गेलु शेर्पालाई विमान चलाउनमा रोक लगाइएको छ।

नागरिक उड्‍डयन प्राधिकरणले घटनाबारे छानबिन भइरहेको भन्दै उनलाई त्यस्ताे रोक लगाएको हो। छानबिनका क्रममा यसाे गर्नु नियमित पक्रिया भएको प्राधिकरणले बताएकाे छ।

घटनाको छानबिन भइरहेकाले तत्कालका लागि पाइलट शेर्पालाई उडान भर्नमा रोक लगाइएको बुद्ध एयरले पनि जानकारी दिएकाे छ।

सोमबार काठमाडौंबाट विराटनगरका लागि बिहान साढे ८ बजे ६८ वयस्क, दुई बच्चा, तीन शिशु गरी ७३ यात्रु लिएर उडेको बुद्ध एयरको जहाज गियर समस्या देखिएपछि ल्यान्डिङ नगरी काठमाडौं फर्किएको थियो।

काठमाडौं आइपुग्दासम्म पनि समस्या जस्ताको तस्तै रहेपछि केही समय काठमाडौंको आकाशमा जहाज घुमाइएको थियो।

सोही क्रममा समस्या समाधान भएपछि सुरक्षित तरिकाले ल्यान्डिङ गरिएको थियो। सो दिन बुद्ध एयरको जहाज ठूलो दुर्घटनाबाट बचेको थियो। उक्त जहाज पाइलट शेर्पाले चलाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top