ताजा समाचार


८ हजार ५ सय रुपैयाँ घुससहित जिप्रका धनुषाका नासु चौधरी पक्राउ

द रियल समाचार     २०७८ भाद्र २२, मंगलवार, २०: १६ मा प्रकाशित




जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत एक कर्मचारी घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयमा कार्यरत नायव सुब्बा उमेश कुमार चौधरी रहेका छन् ।

चौधरीलाई जनकपुरधामको क्याम्पस चोकबाट ८ हजार ५ सय रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले जनाएको छ ।उनले सेवाग्राहीसँग नागरिकताको प्रतिलिपि बनाउन घुस लिएका थिए ।

पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान सुरु गरिने अख्तियारको बर्दिबास कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top