काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सम्झौता संशोधन नभई संसदले पास नगर्ने बताएका छन् ।
मंगलबार वाईसीएलको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी सम्झौता संशोधन हुनुपर्ने बताएका हुन् ।
एक सहभागीका अनुसार अध्यक्ष प्रचण्डले सम्बोधन गर्दा एमसीसीबारे केही बोलेका थिएनन् । तर बैठकमा सहभागीहरुले एमसीसीबारे के हो भनेर पार्टीको धारणा मागेपछि प्रचण्डले फेरि सम्बोधन गरेका हुन् । उनले भने, ‘संशोधनका लागि कूटनीतिक पहल भइरहेको छ । संशोधन नभई पारित हुँदैन ।’
एमसीसी सम्झौता लामो समयदेखि संसदमा विचाराधीन छ ।
प्रतिक्रिया