ताजा समाचार


पपुवा न्युगिनीसँगको पहिलो खेलमा नेपाल २ विकेटले विजयी

द रियल समाचार     २०७८ भाद्र २२, मंगलवार, १७: २१ मा प्रकाशित




काठमाण्डौ । पपुवा न्युगिनीसँगको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको छ । उसले १३५ रनको लक्ष्य ३९.३ ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्यो ।

नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४१ रनको योगदान दिँदा आशिफ शेखले ३० र अविजित रहेका सोमपाल कामीले २२ रन जोडे ।एक समय नेपालले मात्र ८२ रनमा ७ विकेट गुमाइसकेको अवस्थाबाट आठौँ विकेटका लागि रोहितकुमार पौडेल र सोमपाल कामीले ५२ रनको उत्कृष्ट साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्याएका हुन् ।

पपुवा न्युगिनीका लागि गौडा टोकाले ३ चार्ड सोपर र डेमियन राभुले २, नेसियाना पोकाना १ विकेट हात पारे । यसअघि ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको उसले ३३ ओभरमा सबै विकेट गुमाउँदै १३४ रनको योगफल तयार पारेको थियो ।

पपुवा न्युगिनीका लागि कुनै पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । उसका लागि लिगा सियाकाले सर्वाधिक ३० रनको योगदान दिँदा कर्लेस अमिनीले २३ र गौडी टोकाले २३ रन जोडे । नेपालका लागि सन्दीप लामिछानेले ४, विक्रम सोब र कुशल मल्लले समान २–२ विकेट लिँदा सोमपाल कामीले एक विकेट हात पारे ।

यो जितसँग नेपालले दुई खेलको सिरिजमा १–० को अग्रता लिएको छ । दोस्रो खेल शुक्रबार दिन र रातमा हुनेछ । यो नेपालले दिन र रातमा खेल्न लागेको पहिलो एकदिवसीय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top