ताजा समाचार


एमसीसीको विरोधमा नेकपा क्रान्तिकारी माओवादीद्वारा जनकपुरधाममा प्रदर्शन

द रियल समाचार     २०७८ भाद्र २२, मंगलवार, १६: ४७ मा प्रकाशित




जनकपुरधाम । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा जनकपुरधाममा प्रदर्शन गरिएको छ । नेकपा क्रान्तिकारी माओवादीले एमसीसीको विरोधमा जनकपुरधाममा प्रदर्शन गरेको हो ।

सार्वभौम सम्पन्न देश नेपाललाई आफ्नो स्वार्थपूर्तिका लागि संसदीय दलका नेताहरुले मुलुकलाई आधुनिक दास बनाउन चाहेको आरोप लगाउँदै क्रान्तिकारी माओवादी धनुषाले विरोध जनाएको छ ।

क्रान्तिकारी माओवादी धनुषा–महोत्तरीका इन्चार्ज बिरेन्द्र यादवको अगुवाईमा नगर परिक्रमा गर्दै जनकचोकमा पुगि कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य समेत रहेका इन्चार्ज विरेन्द्र यादवले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले एमसीसी परियोजना संसदबाट पारित गरि नयाँ कानुन बनाएर जनतालाई सधैंका लागि विदेशीको गुलाम बनाउन उद्धत रहेको आरोप लगाए ।

नेकपाका केन्द्रिय सदस्य बिपती मण्डलले स्वतन्त्र मुलुकको रुपमा रहेको नेपाललाई बन्धक बनाएर जनतालाई गुलाम नबनाउन सरकारसँग आग्रह गरे । उनले एमसीसी पारित भएपछि केही नेता र मन्त्रीहरु मालामाल हुने दावी समेग गरे । नेताहरुको निहित स्वार्थका लागि सो परियोजना पारित गर्न लागेकोप्रति उनले आक्रोश व्यक्त गरे ।

स्थानीय गोपाल धर्मशालाबाट निकालिएको जुलुस नगर परिक्रमा गर्दै जनकचोकमा पुगी विरोध जनाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top