ताजा समाचार


सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीले दिए राजीनामा

द रियल समाचार     २०७८ भाद्र २२, मंगलवार, १६: १९ मा प्रकाशित




धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका छन् ।

दल विभाजनपछि पनि नेकपा (एमाले) मै रहने निधो गरेका एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहतराजले मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष राजीनामा बुझाएका हुन् ।

‘पार्टी विभाजन पछि एमालेमै रहने निर्णय गरी आफ्नो पदबाट राजीनामा दिएको मन्त्रीको भनाई छ । तर, दल विभाजन पछि भने आफूहरु मूल पार्टी रही टुटफुटको विपक्षमा उभिने निर्णय गरेको मन्त्री शाहले बताए ।

विगतमा शाह र गहतराज दुबै माधव नेपालको समूहमा थिए । तर, दल विभाजन भएपछि भने उनीहरुले माधव नेतृत्वको नवगठित एकीकृत समाजवादीलाई साथ नदिएका हुन् । एमालेका सभामुखबाहेक २४ जना प्रदेश सांसदमध्ये १४ जनाले एकीकृत समाजवादीको पक्षमा सनाखत गरिसकेका छन् ।

अव एमालेमा १० जना मात्र सांसद रहेका छन् । ५३ सदस्यीय प्रदेशसभा रहेको यो प्रदेशमा सरकार बनाउन २७ जना आवश्यक पर्छ । एकीकृत समाजवादीका १४ जना र माओवादी केन्द्र १३ जना सांसद रहेका छन् ।

योसँगै एकीकृत समाजवादी र माओवादी केन्द्रको संयुक्त सरकार बन्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top