ताजा समाचार


प्रदेशसभा सदस्य उप्रेतीले गरे नेकपा (एस)मा सनाखत

द रियल समाचार     २०७८ भाद्र २२, मंगलवार, १४: ०७ मा प्रकाशित




जनकपुरधाम । नेकपा एमालेका प्रदेशसभा सदस्य डिल्ली प्रसाद उप्रेतीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

उप्रेती मंगलबार प्रदेश निर्वाचन कार्यालयमा भौतिक रुपमै उपस्थित भई नेकपा (एस)मा सनाखत गरेका हुन् ।

उपचारका लागि भारतको दिल्लीमा रहेका प्रदेशसभा सदस्य उप्रेती सोमबार काठमाडौं फर्केको र मंगलबार जनकपुरधामस्थित निर्वाचन कार्यालय पुगेर नेकपा (एस) रोजेका छन् । नेपाल फर्केपछि प्रदेश कार्यालयमै सशरीर उपस्थित भई सनाखत गरेको सांसद उप्रेतीले बताए ।

यसअघि नेकपा (एस)ले नेपाली दूतावासमार्फत दल रोज्नका लागि निर्वाचन आयोगमा पत्राचारको प्रक्रिया अगाडि बढाएको थियो । क्यान्सरको उपचारको क्रममा दिल्लीमा रहेका उप्रेतीले त्यहाँस्थित नेपाली दुतावासमार्फत आयोगमा मञ्जुरीनामा सहित सनाखत गरि पत्र पठाएका थिए ।

प्रदेशसभा सदस्य उप्रेतीले सनाखत गरेसँगै नेकपा (एस) रोज्नेको संख्या १३ पुगेको छ । एमालेका १३ जना सांसदले नेकपा (एस) रोजेपछि प्रदेश २ को प्रदेशसभामा केपी शर्मा ओलीभन्दा माधवकुमार नेपाल पक्ष बलियो देखिएको छ ।

प्रदेशसभामा एमालेका २१ जना प्रदेशसभा सदस्यहरु छन् । जसमध्ये १३ जनाले नेकपा (एस) रोजेपछि एमालेसँग अब ८ जना प्रदेशसभा सदस्यहरु छन् ।

नेकपा (एस)मा सनाखत गर्ने प्रदेशसभा सदस्यहरू

अशोककुमार यादव, गोविन्दबहादुर न्यौपाने, नागेन्द्र राय यादव, प्रमोदकुमार यादव, मदनसेन श्रीवास्तव, मञ्जु यादव, रवीन्द्र बैठा, बेची लुंगेली, शत्रुधन महतो, हसिमा खातनु, सीता गुरुङ, सुन्दरबहादुर विश्वकर्मा र डिल्लीप्रसाद उप्रेती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top