ताजा समाचार


आज कुशे औँसी मनाइँदै, पीण्डदान गर्न जनकपुरका जलाशयहरुमा सर्वसाधारणको भीड

द रियल समाचार     २०७८ भाद्र २२, मंगलवार, १३: ५२ मा प्रकाशित




जनकपुरधाम । आज कुशे औँसी मनाइँदै छ । कुशे औँसीको अवसरमा छोराछोरीहरू आ–आफ्ना बाबुलाई मन पर्ने खानेकुरा, मिठाई, फलफुल लगायतका परिकारहरु भोजन गराई आदर सम्मान प्रकट गर्दे बाबुको मुख हेर्ने चलन रहेको छ ।

आजको दिन वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गर्न पवित्र कुश घर–घरमा भित्र्याइ रहेका छन् ।ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास रहिआएको छ ।

बुबाको स्वर्गबास भएका छोराछोरीहरुले पवित्र नदी, पोखरी लगायतको जलासयमा स्नान गरी आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने गर्दछन् ।

आजका दिन आफ्ना स्वर्गीय बुबाको नाममा तर्पण तथा पीण्डदान गर्न जनकपुरको गंगासागर, धनु सागर, अंगराज सरमा सर्वसाधारणको भीड लागेको थियो । तर्पण र पीण्डदान गर्नाले स्वर्गीय पिताको आत्मले शान्ति एवं मोक्ष पाप्त गर्ने धार्मिक विश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top