ताजा समाचार


पञ्जशीर प्रान्तमा पनि पूर्ण रुपमा नियन्त्रण गरेको तालिबानको दावी

द रियल समाचार     २०७८ भाद्र २२, मंगलवार, १३: २४ मा प्रकाशित




एजेन्सी । तालिबानले अन्तिम बचेको प्रान्त पञ्जशीरमा पनि पूर्ण रुपमा नियन्त्रण गरेको दाबी गरेको छ । तालिबानले पञ्जशीरमा झण्डा फहराएको भिडियो अनलाइन पोष्ट गरेको छ ।

यद्यपि विरोधी बल नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ) ले भने अझै पनि रणनीतिक रुपमा महत्वपूर्ण क्षेत्र आफूहरुको नियन्त्रणमा नै रहेको दाबी गर्दै लडाई जारी राखेको बताएको छ । उनीहरुले तालिबानविरुद्ध ‘राष्ट्रिय विद्रोह’ को आह्वान गरेको छ ।

एनआरएफका प्रमुख अहमद मसूदले सामाजिक सञ्जालमा एक अडियो पोष्ट गर्दै अन्तर्राष्ट्रिय समुदायलाई तालिबानलाई वैधता दिनुका साथै उनीहरुलाई सैन्य र राजनीतिक समर्थन दिएकोमा दोषी भएको बताएका छन् ।

उनले भनेका छन्, ‘तपाईं देशभित्र या बाहिर जहाँ भएपनि हाम्रो देशको गरिमा, स्वतन्त्रता र समृद्धिका लागि राष्ट्रिय विद्रोहको आव्हान गर्छु ।’ तालिबानले १५ अगस्टमा अफगानिस्तानमाथि नियन्त्रण कायम गरेपनि पञ्जशीरमा नियन्त्रण गर्न सकेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top