ताजा समाचार


प्रदेश सरकारले जनकपुर चुरोट कारखानाको प्रयोगविहीन पावर हाउस र छापाखाना सञ्चालनमा ल्याउने

द रियल समाचार     २०७८ भाद्र २१, सोमबार, १७: ५६ मा प्रकाशित




जनकपुरधाम । प्रदेश २ सरकारले जनकपुर चुरोट कारखानाको प्रयोगविहीन पावर हाउस र छापाखाना लिन पहल थालेको छ । जचुकालि बन्द भएसँगै प्रयोगमा नरहेका पावर हाउस र छापाखानालाई सञ्चालनमा ल्याउन प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले पहल गरेको हो ।

केहि दिनअघि आन्तरिम मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साह प्राविधिक, मन्त्रालयका कर्मचारीसहितलाई लिएर पावर हाउस र छापाखानाको निरीक्षण गरेका थिए । प्राविधिकहरुले समान्य मर्मत समभार गरेको खण्डमा ति समानहरु चलाउन सक्ने भनेपछि मन्त्रालयले त्यसतर्फ अगाडि बढेको हो ।

जचुकालिको पावर हाउसमा विभिन्न पाँचवटा जेनरेटरहरू छ । बिजुली बत्ति गएको बेलामा काम प्रभावित हुने भएकोले प्रदेश सरकारले पावर हाउस लिन लागेको आन्तरिम मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले बताए । जचुकालिको रंगिन छापाखाना लामो समयदेखि प्रयोगविहीन रहेकोले त्यसलाई पनि सञ्चालनको लागि दिन संघीय सरकारसँग आग्राह गरेको छ ।

पावर हाउस र छापाखाना लिनको लागि प्रदेश सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, संघको उद्योग मन्त्रालय र नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालयमासमेत पत्राचार गरिसकेको छ । ‘पावर हाउस र छापाखानाको सञ्चालनको लागि संघिय सरकारलाई आग्रहा गरेका छौँ’, मन्त्री साहले भने, ‘संघीय सरकारले सकारात्मक रुपमा लिएका छन्, संघीय सरकारको मन्त्रिपरिषद विस्तार भएपछि यो प्रक्रिया अगाडि बढ्छ ।’

प्रदेश सरकारको आफ्ना छापाखाना नहुँदा वर्षेनि करोड रुपैयाँ पछाईमा खर्च गर्दै आएकोमा अब आफ्ना छापाखाना भएको खण्डमा प्रदेश सरकारको खर्च कटौती हुने मन्त्री साहले बताए । ‘ चालु आर्थिक वर्षमा प्रदेश सरकारले छापाखानाको लागि बजेट पनि छुट्टाएको छ, मन्त्री साहले भने, ’तर, हाम्रो पहिलो प्राथमिकता जचुकालिको छापाखाना सञ्चालन हो । त्यो सञ्चालन गर्न नसकेको खण्डमा प्रदेश सरकारले आफ्नै नयाँ छापाखाना खरिद गर्छ ।’

–न्यूज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top