ताजा समाचार


नेपाली कांग्रेसको प्रदेश सभापति पदमा उम्मेदवारी दिने यादवको घोषणा

द रियल समाचार     २०७८ भाद्र २१, सोमबार, १७: ५२ मा प्रकाशित




सप्तरी । नेपाली कांग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवले कांग्रेसको १४औं महाअधिवेशनमा प्रदेश २ को सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सदरमुकाम राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी आफूले कांग्रेसको हरेक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोले सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको उनले बताए ।

जिल्ला विकास समितिको सभापति एक कार्यकाल, नेपाली कांग्रेसको जिल्ला सभापति दुई कार्यकाल रहेकोले अब पालो प्रदेश २ को सभापतिको हो’, उनले भने ।

उनले नयाँ क्रियाशील सदस्यता लागू नगरे कडा आन्दोलननमा उत्रिने चेतावनी समेत दिए। अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गरेका करिब चार हजार जनालाई सदस्यताबाट बन्चित गरेको अध्यक्ष यादवको भनाइ छ ।

झयस जिल्ला भित्र परिपत्रअनुसार गाउँपालिका ४५ र नगरपालिकामा ५१ हुनुपर्ने मापदण्ड भएकोले ९१ वटावडा मध्ये कुनैमा शून्य र कुनैमा अपुग रहेको अवस्थाले यस जिल्लामाथि अन्याय भएको छ’, उनले भने ।

जिल्लामा देखिएको कृयाशील सदस्यता विवाद समाधान गरी अधिवेशन गराउन केन्द्रिय कार्यालयलाई आग्रहसमेत गरेका छन् ।

–न्यून कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top