ताजा समाचार


नेकपा (एस) ले मीनभवनबाट कार्यालय सञ्चालन गर्ने

द रियल समाचार     २०७८ भाद्र २१, सोमबार, १७: ३४ मा प्रकाशित




काठमाण्डौ । नेकपा एकीकृत समाजवादीले आगामी असोजदेखि काठमाडौँ महानगरपालिका–३१ मीनभवनबाट कार्यालय सञ्चालन गर्ने भएको छ ।

उक्त पार्टीले हाल दैनिक प्रशासनिक कार्य बानेश्वरबाट अस्थायी रुपमा व्यवस्थापन गर्दै आएको छ । पार्टीका नेता डा. वेदुराम भुसालको अध्यक्षतामा बसेको सचिवालय बैठकले कार्यालय व्यवस्थापनका लागि छलफल गरेको छ ।

बैठकले पार्टी कमिटी सञ्चालन तथा जिल्लामा इन्चार्ज तोक्ने विषयमा छलफल गरी चाँडो स्थायी कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले जानकारी दिए ।

हालै एमालेबाट विभाजित उक्त पार्टीमा प्रदेशसभा सदस्यका साथै स्थानीय तहका सदस्य प्रवेश गर्ने क्रम जारी छ । निर्वाचन आयोगले यही भदौ २२ गतेसम्म प्रदेशसभा र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई दल रोज्ने समयावधि प्रदान गरेको छ ।

यसैबीच वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको संयोजकत्वमा गठन भएको समाजवादी प्रेसको विधान तयार भइसकेकाले एक साताभित्रमा दर्ता गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top