ताजा समाचार


काठमाण्डौमा गृहमन्त्रीको पुत्ला दहन

द रियल समाचार     २०७८ भाद्र २१, सोमबार, १७: ०६ मा प्रकाशित




काठमाण्डौ । काठमाण्डौमा गृहमन्त्री बालकृष्ण खाँडको पुत्ला दहन गरिएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले गृहमन्त्रीको पुत्ला दहन गरेको हो ।

दार्चुलामा जयसिंह धामी तुइनबाट महाकालीमा खसेको विषयलाई लिएर गरिएको विरोध प्रदर्शनबारे गृहमन्त्रालयले निकालेको विज्ञप्तिको विरोध गर्दै विद्यार्थीले पुत्ला दहन गरेका हुन् ।

नेपालनिकट विद्यार्थीहरुले मीनभवनमा रहेको नेपाल कमर्स क्याम्पसको गेटैमा गृहमन्त्रीको पुत्ला दहन गरेका हुन् ।

यो समूहले केही दिनअघि यही विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको थियो । त्यसपछि गृह मन्त्रालयले एक विज्ञप्ति निकाल्दै छिमेकी देशका प्रधानमन्त्रीविरुद्ध प्रदर्शन नगर्न चेतावनी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top