ताजा समाचार


प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

द रियल समाचार     २०७८ भाद्र २१, सोमबार, १६: ४१ मा प्रकाशित




काठमाण्डौ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने भएका छन् । १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा अत्यन्त पपुलर भोटबाट निर्वाचित पौडेलले यसपटकको महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने भएका हुन् ।

पार्टीको क्रियाशिल सदस्यता छानबिन समितिमा सदस्यका रुपमा समेत रहेका पौडेलले आफूले महामन्त्रीमा उम्मेदवारी केही दिनमा नै घोषणा गर्ने बताए ।

‘अहिले हामी क्रियाशिल सदस्यता छानबिनमा नै व्यस्त छौँ, यो मलाई पार्टीले दिएको जिम्मेवारी हो,’ पौडेलले भने, ‘यसको काम सकिए लगत्तै मैले महामन्त्रीको उम्मेदवारी घोषणा गर्नेछु ।’

क्रियाशिल सदस्यतामा रहेको विवाद समाधान गर्न विशेष मापदण्ड बनाएका कारण पौडेललाई पछिल्लो समय कांग्रेसका सबै शीर्ष नेताहरुले उनको प्रशंसा गर्न थालेका छन् ।

यसअघि कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले पनि आफू पनि महामन्त्रीमा लड्ने घोषणा गरिसकेका छन् । त्यस्तै, कांग्रेसका अर्का युवा नेता विश्वप्रकाश शर्मा पनि यसपटक महामन्त्रीमा उम्मेदवारी दिने तयारीमा छन् । थापाले आफू रामचन्द्र पौडेल पक्षबाट उम्मेदवार हुने बताइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top