ताजा समाचार


कांँग्रेसको शरणमा गएर माधवले राजनीतिक अपराध गरे: रघुवीर महासेठ

द रियल समाचार     २०७८ भाद्र २०, आईतवार, १९: ४२ मा प्रकाशित




जनकपुरधाम । नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुविर महासेठले नेकपा (एस) का अध्यक्ष माधव कुमार नेपाल नेपाली कांँग्रेसको शरणमा गएर राजनीतिक अपराध गरेको बताएका छन् ।

जनकपुरधाममा आइतबार आयोजित जिल्ला कार्यक्रता भेलामा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता महासेठले माधव नेपालको अपराध अक्षम्य रहेकाले क्षमा गर्न नसकिने बताए ।

उनले एमालेलाई कमजोर आंकलन नर्गन चेतावनी दिंदै प्रतिनिधिसभामा अहिले जितेको दुई सिटलाई बृद्वि गर्दै आगामि चुनावमा १० सिट जितेर देखाउने दावी समेत गरे ।

पूर्वमन्त्री लिलानाथ श्रेष्ठले जनताले दुईतिहाई दिएपनि पार्टी भित्रकै केहि नेताका कारण सत्ता र पार्टी संकटमा परेकाले त्यस्ता दुस्कर्म गर्ने नेताहरुलाई तह लगाउनुपर्ने आवश्यकता रहेको बताए । पूर्वमन्त्री जुली महतोले जनताबाट हारे पनि एमालेले माधव नेपाललाई प्रधानमन्त्री बनाएको कुरा पनि उनले बिर्सेको बताए ।

प्रदेश कमिटी सदस्य शिवशंकर साह हिरा र जिल्ला कमिटी सदस्य अजय यादवको सक्रियतामा आयोजना भएको भेलामा जिल्ला अध्यक्ष राजकिशोर यादव सहित पार्टीबाट निर्वाचित प्रदेश सांसद, मेयर, उपमेयर सहितको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top