ताजा समाचार


झापामा एक अटो चालकको हत्या

द रियल समाचार     २०७८ भाद्र २०, आईतवार, १८: १९ मा प्रकाशित




झापा । झापामा एक अटो चालकको हत्या भएको छ ।

हत्या हुनेमा कचनकवल गाउँपालिका–३ का ५० वर्षीय अटो चालक भात्रु राजवंशी रहेको प्रहरीले जनाएको छ । उनको विर्तामोड नगरपालिका–४ मा हत्या गरिएको हो ।

टाउको, अनुहारलगायत शरीरका विभिन्न ठाउँमा चोटपटक देखिएकाले उनको हत्या नै भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । मृतकका छोरा १५ वर्षीय देवनारायण राजवंशीले कान्छा काकाले कोठामै बुबाको हत्या गरेर भागेको प्रहरीसँग बताएका छन् ।

सोही वडामा डेरा गरी बस्ने ३८ वर्षीय रतनलाल राजवंशीले कुटेर उनको हत्या गरेको र त्यसपछि आफ्नो ९ वर्षीय छोरालाई साइकलमा लिएर भागेको प्रहरीलाई जानकारी दिएकाले उनको खोजी भइरहेको प्रवक्ता थापाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top