ताजा समाचार


सिद्धि साई कन्स्ट्रक्सनका सञ्चालक शाही बैंकिङ कसूरसम्बन्धी मुद्दामा पक्राउ

द रियल समाचार     २०७८ भाद्र २०, आईतवार, १८: १४ मा प्रकाशित




काठमाण्डौ । सिद्धि साई कन्स्ट्रक्सन प्रालिका सञ्चालक दीपेन्द्र शाही बैंकिङ कसूरसम्बन्धी मुद्दामा पक्राउ परेका छन् ।

बैंकिङ कसूरसम्बन्धी मुद्दामा फरार रहेका उनलाई पक्राउ गरिएको काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।

उनका अनुसार बानेश्वरबाट पक्राउ परेका शाही २ करोड रुपैयाँभन्दा बढीको चेक अनादर मुद्दामा फरार थिए ।

पक्राउ परेका शाहीमाथि थप अनुसन्धान भइरहेको सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top