ताजा समाचार


सेती प्रादेशिक अस्पतालमा लीक्वीड अक्सिजन प्लान्ट जडानको काम सुरु

द रियल समाचार     २०७८ भाद्र २०, आईतवार, १८: १० मा प्रकाशित




धनगढी । सुदूरपश्चिम प्रदेशको रेफरल धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लीक्वीड अक्सिजन प्लान्ट जडानको काम शुरु गरिएको छ ।

स्वास्थ्य सेवा विभागले खरिद गरेर पठाएको दुई हजार लिटर क्षमताको लीक्वीड अक्सिजन प्लान्ट जडानको काम शुरु गरिएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अक्सिजन रिजर्व प्लान्टको फिलिङ स्टेशन भने आउन बाँकी छ । अबको २५ दिनमा फिलिङ स्टेशन पनि आइपुग्ने बताउँदै श्रेष्ठले त्यसपछि रिजर्व प्लान्ट सञ्चालनमा आउने बताए ।

प्लान्ट सञ्चालनमा आएपछि अक्सिजन भण्डारण गरेर राखेर आवश्यकता परेका बेला आपुर्ति गर्न सकिने विश्वास गरिएको छ ।

सेती प्रादेशिक अस्पतालले लिक्विड अक्सिजन प्लान्ट खरीदका लागि टेण्डर आह्वान गरेपनि रद्द भएको थियो । अस्पतालले आफ्नै अक्सिजन प्लान्ट जडान गरेर सञ्चालनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top