ताजा समाचार


राष्ट्रिय जनमोर्चाले एमसीसीविरुद्ध भदौ २२ गते देशव्यापी विरोध प्रदर्शन गर्ने

द रियल समाचार     २०७८ भाद्र २०, आईतवार, १८: ०६ मा प्रकाशित




काठमाण्डौ । राष्ट्रिय जनमोर्चाले एमसीसीविरुद्ध भदौ २२ गते देशव्यापी सांकेतिक विरोध प्रदर्शन गर्ने भएको छ । एमसीसी इण्डोप्यासिफिक रणनीतिको अंग भएको भन्दै जनमोर्चाले यसलाई कुनै हालतमा अनुमोदन गर्न नहुने बताएको छ ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन सरकारले न्यूनतम कार्यक्रममा एमसीसी समावेश नगरेको भए पनि केही दिनयताका गतिविधिले एमसीसीलाई पारित गराउन चलखेल हुन थालेको बताएका छन् ।

राष्ट्रिय जनमोर्चाले एमसीएका उपाध्यक्षको आगमन, नेपाललाई एमसीसी पारित गर्न दिएको दबाबका विरुद्ध र गठबन्धन सरकारलाई सचेत पार्न मंगलबार सांकेतिक रुपमा देशव्यापी विरोधका कार्यक्रम गर्ने निर्णय गरेको जनाएको छ ।

उक्त दिन ७७ वटै जिल्लामा विरोध सभा, जुलुस, कोणसभा, अन्तरक्रिया, गोष्ठी लगायत विरोध कार्यक्रम गर्ने जनमोर्चाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top