एजेन्सी । पश्चिम बंगालको कालियागञ्जबाट भाजपा विधायक रहेका सौमेन राय पुनः तृणमुल कांग्रेसमा प्रवेश गरेका छन् ।
सौमेन राय कोलकाताको तृणमुल भवनमा ममता बनर्जीको सरकारका मन्त्री तथा नेता पार्थ चटर्जीको उपस्थितिमा तृणमुलमा प्रवेश गरेका हुन् । भाजपामा जानुअघि उनी तृणमुल कांग्रेसमा नै थिए ।
पुनः तृणमुलमा प्रवेश गर्दै उनले भने, ‘अवस्था यस्तो आयो कि मैले कालियागञ्जबाट भाजपाको टिकटमा चुनाव लड्नुप¥यो । तर मेरो आत्मा र मुटु तृणमुलमा नै थियो । मुख्यमन्त्री ममता बनर्जीको प्रयासको समर्थनका लागि फेरि तृणमुलमा फर्किएको हुँ।’
पश्चिम बंगालमा तृणमुलले नै बहुमतसहित सरकार बनाएपछि भाजपा नेताहरुले पार्टी छाड्ने क्रम सुरु भएको छ ।
यसअघि चर्चित नेता मुकुल राय र उनका छोरा शुभ्रांशु राय पुनः तृणमुलमा फर्किएका थिए । गत मेमा भएको विधानसभा निर्वाचनमा तृणमुलले २१३ स्थानमा जित हात पार्न भाजपाले ७७ सिट जितेको थियो ।
प्रतिक्रिया