ताजा समाचार


नेपाली टोलीले बंगलादेशसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्ने

द रियल समाचार     २०७८ भाद्र २०, आईतवार, १७: १५ मा प्रकाशित




काठमाण्डौ । एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको नेपाली महिला फुटबल टोलीले घरेलु मैदान दशरथ रंगशालमा बंगलादेशसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार नेपालले सेप्टेम्बर ९ र १२ मा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको जानकारी दिएको हो ।

मैत्रीपूर्ण खेलका लागि बंगलादेशी टोली सेप्टेम्बर ६ मा नेपाल आइपुग्नेछ । यो खेलका लागि साधारण प्याराफिटको टिकट मूल्य २ सय र भिआईतर्फको टिकट मूल्य ५ सय रुपैयाँ तेकिएको एन्फाले बताएको छ ।

उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप छनोट अघि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छनोटको समूह ‘एफ’ मा नेपाल सहित फिलिपिन्स र हङकङ छन् ।

नेपालले सेप्टेम्बर १८ मा फिलिपिन्ससँगको खेलबाट छनोट प्रतियोगिताको सुरुवात गर्नेछ । दोस्रो तथा अन्तिम खेल सेप्टेम्बर २१ मा हंङकङसँग खेल्नेछ ।

समूह विजेताले अर्को वर्ष जनवरी २० देखि फेब्रुअरी ६ सम्म भारतमा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउने छ । छनोटका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले २३ सदस्यीय नेपाली टोली घोषणा गरिसकेका छन् ।

नेपाली टोलीमा एन्जिला सुब्बा, अनिता बस्नेत, रेनुका नगरकोटी, अनिता केसी, सरु लिम्बु, गीता राना, हिरा कुमारी भुजेल, उषा नाथ, अमृता जैसी, अञ्जना राना मगर, रश्मी घिसिङ, विमला विक, दिपा राई, सविता राना, सिर्जना सिंह, मञ्जली तामाङ(योञ्जन),रजनी थोकर, प्रिती राई, पुजा राना, पुनम जर्गा मगर,इन्द्र राई, निशा थोकर र विमला चौधरी रहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top