ताजा समाचार


महोत्तरीमा रुखबाट लडेर एक वृद्धको मृत्यु

द रियल समाचार     २०७८ भाद्र २०, आईतवार, १६: ५४ मा प्रकाशित




महोत्तरी । महोत्तरीमा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।

जिल्लाको जलेश्वर नगरपालिका–३ खैरा गाउँमा रुखबाट लडेर स्थानीय ६२ वर्षीय खोबारी खानको मृत्यु भएको हो ।

आफ्नै बारीमा रहेको रुखको हाँगा काट्नेक्रममा उनी अचानक लडेर गम्भीर घाइते भएका थिए ।

खानको जिल्ला अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top