ताजा समाचार


प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले रोजिन् लोसपा

द रियल समाचार     २०७८ भाद्र २०, आईतवार, १५: १५ मा प्रकाशित




जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका थप एक जना प्रदेशसभा सदस्य लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

महोत्तरीको निर्वाचन क्षेत्र ३ (ख) बाट तत्कालीन राजपा नेपालबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य रानी शर्मा तिवारी आइतबार लोसपामा प्रवेश गरेकी हुन् । महन्थ ठाकुर नेतृत्वको लोसपामा सनाखत गर्ने उनी दोस्रो प्रदेशसभा सदस्य हुन् ।

यसअघि पर्साको निर्वाचन क्षेत्र ३ (ख) बाट तत्कालीन संघीय समाजवादी फोरमबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य प्रह्लाद गिरी लोसपामा प्रवेश गरिसकेका छन् ।

त्यस्तै, प्रदेशसभा सदस्यहरु उपेन्द्र महतो र अभिराम शर्माले समेत आज लोसपाको पक्षमा सनाखत गरेका छन् ।

प्रदेशसभा सदस्यहरूमा परमेश्वर साह, सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलम देवी भूमिहारिन, अल्का झा, गौरीनारायाण साह, जानकीशरण साह, रमेशप्रसाद कुर्मी र बाबुलाल साहलगायतकाहरुले यसअघि नै लोसपा रोजिसकेका छन् ।

जसपामा पूर्व फोरमका ३० र राजपाका २५ गरी जम्मा ५५ जना प्रदेशसभा सदस्यहरू छन् । लोसपाको पक्षमा सनखत गर्ने प्रदेशसभा सदस्यहरुको संख्या १५ पुगेको छ ।

त्यस्तै, धनुषाको हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले समेत आइतबार जिल्ला निर्वाचन कार्यालय पुगेर लोसपाको पक्षमा सनाखत गरेका छन् । मेयर मण्डल उपेन्द्र यादव नेतृत्वको जसपामा प्रवेश गरेको भन्दै चर्चाका बिच आफू लोसपामै रहेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top