जनकपुरधाम । गृहमन्त्री बालकृष्ण खाँणले धनुषाको कमला नदीको स्थलगत निरीक्षण गरेका छन् । गृहमन्त्री खाँणले शनिबार धनुषा र सिरहा जोडने कमला नदीको बाँध निरीक्षण गरेका हुन् ।
बाँध निरीक्षण गर्दै खाँणले स्थानीय सरकार सहित कमला सिँचाई आयोजनाका कर्मचारीलाई समस्या समाधानका लागि निर्देशन दिएका छन् ।
सो क्रममा सबैला सहित अन्य ठाउँमा भत्केको नदीको बाँध मरम्मत यथाशिघ्र सञ्चालन गर्न सरोकारवालाहरुलाई गृहमन्त्री खाणले निर्देशन दिएका थिए । उनले कमला नदीले मच्चाउने वितण्डा, समस्या र उपायको बारेमा पनि छलफल गरे ।
सबैला नगरपालिकाका मेयर विजय शंकर प्रसाद साहले गृहमन्त्री खाणलाई कमला बाँधको बारेमा जानकारी गराएका थिए । मेयर साहले अनाधिकृत उत्खननका कारण यस्तो अवस्था सिर्जना भएकोले यसका लागि लागि ठोस नीति अवलम्वन गर्न माग गरे ।
कमला नदी निरीक्षणका लागि गृहमन्त्री खाँणसँगै सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोला, प्रहरी प्रमुख तथा नगर प्रमुखहरु पुगेका थिए ।
प्रतिक्रिया