ताजा समाचार


सिरहाबाट भन्सार छलेर ल्याइएको ७६ लाखको औषधि बरामद

द रियल समाचार     २०७८ भाद्र १९, शनिबार, १८: ०८ मा प्रकाशित




सिरहा । प्रहरीले सिरहाबाट भन्सार छलेर ल्याइएको ७६ लाख रुपैयाँ बराबरको औषधि बरामद गरेको छ ।

लहान नगरपालिका–१९ स्थित कटहा चोकबाट लु १ स ८००७ नम्बरको अटो रिक्सामा भारतबाट भन्सार छलेर ल्याउँदै गर्दा प्रहरीले औषधि बरामद गरेको हो ।

चेकजाँच गर्ने क्रममा रिकल–के २–७ १५ कार्टुन, ओथोकल ट्याब्लेट १० कार्टुन र केयरकल ट्याब्लेट ५ कार्टुन बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरिक्षक सुवास बुढाथोकीले बताए ।

७५ लाख ५६ हजार मूल्य बराबरको उक्त औषधि भन्सार कार्यालय ठाडीमा बुझाइएको र यससम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top