ताजा समाचार


जागिर लगाइदिने प्रलोभनमा ठगी गरेको आरोपमा एकजना पक्राउ

द रियल समाचार     २०७८ भाद्र १९, शनिबार, १७: ५६ मा प्रकाशित




रौतहट । जागिर लगाइदिने प्रलोभनमा ७ लाख ५५ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको यमुनामाई गाउँपालिका–१ का ४२ बर्षीय बिनय राउत कुर्मी रहेका छन् ।

गौर नगरपालिका–७ का सुधीर कुमार झाको जाहेरीका आधारमा कुर्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरिक्षक नारायण प्रसाद चिमरियाले जानकारी दिए ।

गत वैशाख २० गते गौर नगरपालिका–८ झोलुङगेपुल नजिक बोलाई कुर्मीले प्रहरीमा आफ्नो राम्रो सम्पर्क रहेको भन्दै ५ जनासँग ७ लाख ५५ हजार रुपैयाँ लिएर फरार भएका थिए । उनलाई खोजतलासको क्रममा यमुनामाई गाउँपालिका गाउँपालिका–१ सुकदेवचौकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका कुर्मीमाथि ठगी सम्वन्धी कसुर अन्तर्गत जिल्ला अदालतबाट ५ दिन म्याद लिई थप अनुसन्धान भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top