ताजा समाचार


चीनसँग सीमा विवाद नरहेको ओलीको दावी

द रियल समाचार     २०७८ भाद्र १९, शनिबार, १७: ५० मा प्रकाशित




काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनसँग कुनै प्रकारको सीमा विवाद नरहेको दावी गरेका छन् ।

शनिबार कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सरकारले हालै चीनसँग हुम्लाको नाम्खामा भएको भनिएको सीमा विवादको विषयमा अध्ययन गर्न गठित समितिलाई चुनौती दिएका हुन् ।

उनले भने, ‘कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विवाद भनेर समिति बनाउनुप¥यो । चीनसँग कुनै सीमा विवाद नै छैन ।’

उनले चीन र भारतसँग सरकारले सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको टिप्पणी गरेका छन् । उनले सत्तामा हुँदा कांग्रेस र माओवादीले नै एमसीसी सम्झौता गरेको भन्दै अहिले एमसीसीबारे नबोलेर झुक्याएर पास गर्न खोजेको आरोप समेत लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top