ताजा समाचार


शनिबार १२६८ नयाँ संक्रमित थपिए, २१९५ संक्रमणमुक्त, ९ जनाको मृत्यु

द रियल समाचार     २०७८ भाद्र १९, शनिबार, १७: २६ मा प्रकाशित




काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ६८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७ सय ५३ पीसीआर परीक्षणमा १ हजार २४ र ३ हजार १ सय २२ एन्टिजेन परीक्षणमा २ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ हजार १ सय ९५ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण थप ९ जनाले ज्यान गुमाएका छन् ।अहिलेसम्म ७ लाख २५ हजार ६ सय ५१ जना संक्रमणमुक्त भइसकेका छन् भने १० हजार ८ सय १८ जनाको मृत्यु भइसकेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ७ लाख ६८ हजार २ सय ९५ र एन्टिजेन विधिबाट ८४ हजार ९ सय ३७ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

देशभर हाल ३१ हजार ९ सय २६ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये २९ हजार ६ सय ५८ जना होम आइसोलेसनमा, २ हजार १ सय ६८ जना संस्थागत आइसोलेसनमा, ५ सय ५४ जना सघन उपचार कक्षमा र १ सय ७२ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

त्यस्तै,पछिल्लो २४ घण्टामा १ लाख ७ हजार ५ सय ९८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म ५५ लाख ११ हजार ९ सय २९ जनाले पहिलो मात्रा र ४८ लाख ६३ हजार ८ सय ३५ जनाले खोपको दुवै मात्रा लगाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top