ताजा समाचार


राजर्षि जनक विश्वविद्यालयका शिक्षकद्वारा तालाबन्दी गर्नेदेखि आमरण अनसनमा बस्नेसम्मको चेतावनी

द रियल समाचार     २०७८ भाद्र १९, शनिबार, १६: ४३ मा प्रकाशित




जनकपुरधाम । आन्दोलनरत जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयका शिक्षकहरुले अझ बढि कडा संघर्ष गर्ने चेतावनी दिएका छन् ।

उनीहरुले समयमै आफूहरुको माग सम्बोधन नभए विश्वविद्यालयमा तालाबन्दी गर्नेदेखि आमरण अनसनमा बस्नेसम्मको चेतावनी दिएका हुन् ।

स्थापनाकालदेखि पेपर कोर्स कन्ट्रयाक्टमा काम गरिरहेका उनीहरू करार नियुक्तिको माग गर्दै गत साउन २४ गतेदेखि आन्दोलनमा उत्रेका हुन् । भदौ ८ गतेदेखि पठनपाठन ठप्प गरी ३५ जना शिक्षक विश्वविद्यालयको पेपर कोर्स कन्ट्रयाक्ट शिक्षक संघको ब्यानरमा धर्नामा बसेका हुन् ।

भ्रमरपुराचोकस्थित विश्व विद्यालयको मूलगेटमै प्रत्येक दिन बिहान ११ बजेदेखि २ बजेसम्म धर्ना दिँदै आएका शिक्षकहरुले आफुहरुको मागप्रति सम्बन्धित पक्ष उदासिन रहेको आरोप लगाउँदै कडा संघर्षमा उत्रने चेतावनी दिएका छन् ।

स्थापनाकालमै आफुहरुलाई कोर्ष कन्ट्रयाक्टमा पढाउन भनेको पछि गएर दरबन्दी करारमा नियुक्ति दिने आश्वासन दिएपनि हालसम्म माग सम्बोधन नगर्दा बाध्य भएर आफूहरु आन्दोलनमा उत्रेका विश्वविद्यालयको पेपर कोर्स कन्ट्रयाक्ट शिक्षक संघका अध्यक्ष दिलीप यादवले बताए ।

दुई वर्षदेखि विश्वविद्यालयसंग २६ वटा दरबन्दी रहेको छ । तर पटक पटक त्यसमा करार गर्न आग्रह गर्दा सम्बन्धित पक्षले कुनै सुनुवाई नगरेको शिक्षकहरुको गुनासो छ ।

पहिलो चरणको आन्दोलन अन्तर्गत साउन २४ गतेदेखि २९ गतेसम्म कालोपट्टी बाँधेर काम गरेका शिक्षकहरु अहिले दोस्रो चरणमा धर्नामा बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top