काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी छाडेका छन् ।
उनले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।
गौतमले आफ्नो स्वकीय सचिवमार्फत पार्टी सचिव शेरबहादुर तामाङलाई पार्टीको सबै पदबाट राजीनामा दिएको पत्र बुझाएका हुन् ।
२०७७ पुस ५ गते संसद विघटनसँगै साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई खेमामा विभाजित हुँदा गौतमले एकता अभियान चलाएका थिए ।
सर्वोच्च अदालतले २३ फागुनमा एमाले पुनस्र्थापना गरेपछि पनि पार्टीमा एकता हुन सकेन ।
प्रतिक्रिया