ताजा समाचार


सिरहाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

द रियल समाचार     २०७८ भाद्र १८, शुक्रबार, १८: २३ मा प्रकाशित




सिरहा । प्रहरीले सिरहाबाट अबैध लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–५ बस्ने २६ वर्षीय मोहमद नियाज शेख रहेका छन् ।

सिरहा नगरपालिका–१७ काली चौकस्थित ईलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्ने क्रममा शुक्रबार शेखलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

शेखको साथबाट साढे १० ग्राम ब्राउन सुगर बरामद भएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top