काठमाण्डौ । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टी विभाजन गरेर जानेहरुलाई आ–आफ्नो ठाउँबाट प्रश्न गर्न आह्वान गरेका छन् ।
पार्टी निकट पेशागत तथा प्रगतिशील कानून व्यवसायी संगठन नेपाल (पीपीएलए) को कार्यक्रममा बोल्दै नेम्वाङले पार्टी विभाजनको औचित्य स्थापित हुन नसक्ने बताए ।
नेम्वाङले भने,‘तपाईहरु आ–आफ्नो ठाउँबाट, घरघरबाट र गाउँगाउँबाट सोध्नुपर्छ– कुन विचाराधारा र दर्शनमा फरक प¥यो ? अनि दल विभाजन गर्नु भयो ?’
दर्शन र विचारका कारण नभइ ‘तँ र म’ का कारण पार्टी विभाजन भएको उनले बताए । माधव नेपाल तर्फ संकेत गर्दै नेम्वाङले भने, ‘म नाम बिर्सने मान्छे । दुई घण्टा, तीन घण्टा छलफल गरेँ । तर, मँ । त्यो केपी ओली अन्तरगत काम गर्ने ? अब धेरै कुरा गर्दिनँ ।’
–अनलाइनखबर
प्रतिक्रिया