ताजा समाचार


दक्षिण अफ्रिकाका कप्तान तेम्बाले श्रीलंकाविरुद्धको बाँकी दुई खेल गुमाउने

द रियल समाचार     २०७८ भाद्र १८, शुक्रबार, १७: ५६ मा प्रकाशित




एजेन्सी । दक्षिण अफ्रिकाका नियमित कप्तान तेम्बा बाभुमाले घरेलु टोली श्रीलंकाविरुद्धको एकदिवसीय सिरज अन्तर्गतका बाँकी दुई खेल गुमाउने भएका छन् ।

सिरिज अन्तर्गत बिहीबार भएको पहिलो खेल खेल्ने क्रममा औलामा चोट लागेपछि उनले सिरिज गुमाउने भएका हुन् ।

बाभुमाको स्थानमा केशव महाराजले एकदिवसीय टोलीको कप्तानी गर्ने दक्षिण अफ्रिकी क्रिकेट बोर्डले जनाएको छ ।

दक्षिण अफ्रिका ३ खेलको सिरिजको पहिलो खेलमा १४ रनले पराजित हुँदै १–० ले पछाडि छ । दोस्रो खेल सेप्टेम्बर ४ मा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top