ताजा समाचार


एकीकृत समाजवादीको केन्द्रीय कार्यालय मीनभवनमा

द रियल समाचार     २०७८ भाद्र १८, शुक्रबार, १७: ४६ मा प्रकाशित




काठमाण्डौ । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय काठमाण्डौको मीनभवनमा रहने भएको छ ।

गएको २ भदौमा एमालेबाट अलग भएर माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी बनेको छ ।

एकीकृत समाजवादीले बिहीबार सिंहदरबारमा संसदीय दलको कार्यालय पाएको थियो ।

‘केन्द्रीय कार्यालय पनि टुंगो लागेको छ । केही दिनभित्रै आफ्नै कार्यालयबाट पार्टी सञ्चालन हुनेछ’, स्थायी कमिटी सदस्य बेदुराम भुसालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top