जनकपुरधाम। क्रियाशिल सदस्यताको विवादका कारण प्रदेश २ का जिल्लाहरुमा नेपाली काँग्रेसको वडा अधिवेशन सुरु हुन सकेको छैन् ।
१४औँ महाधिवेशनमा होमिएको काँग्रेसको देशभरका ५६ जिल्लामा वडा अधिवेशन चलिरहेपनि प्रदेश २ का जिल्लाहरुमा अझै सुरु हुन नसकेको हो । यस प्रदेशका सबै जिल्लामा क्रियाशिल सदस्यतालाई लिएर विवाद रहेको छ ।
नेपाली काँग्रेस धनुषाका सभापति महेशशंकर गिरीले दुईवटा क्षेत्रमा क्रियाशील सदस्यताका कारण विवाद रहेकोले वडा अधिवेशन सुरु हुन नसकेको जानकारी दिए । उनले सदस्यता नविकरण सम्बन्धि कुनै विवाद नरहेको समेत दावी गरे । धनुषाको २ र ३ नम्बर क्षेत्रमा नविकरण वा क्रियाशिल सदस्यतालाई लिएर कुनै विवाद छैन् । क्षेत्र नम्बर १ र ४ मा मात्रै विवाद छ,‘उनले भने ।
उनले क्षेत्रमा क्रियाशिल सदस्यता सम्बन्धि फारम भर्ने जिम्मा क्षेत्रीय सभापतिहरुलाई दिइएपनि उनीहरुले केन्द्रिय सर्कुलर अनुसार फारम नभरेकाले उजुरी परेपछि अहिले सोही विवाद केन्द्रिय छानविन समितिले देखिरहेको बताए । धनुषाको दुईटै क्षेत्रको विवाद समाधान भए लगत्तै वडा अधिवेशन चाँडै सुरु हुने सभापति गिरीको दावी छ ।
उता, नेपाली काँग्रेस पर्साका सभापति अजय द्विवेदीले क्रियाशिल सदस्यता सम्बन्धि विवादको छिनोफानो निस्कन नसकेकोले अधिवेशन सुरु हुन ढिलाई भएको स्वीकार गरे । उनले केन्द्रबाट क्रियाशिल सदस्यहरुको छिनोफानो गरी नामावली पठाए लगत्तै अधिवेशनको प्रक्रिया अगाडि बढ्ने बताए ।
प्रदेश २ का सबै जिल्लामा एक साता भित्रै वडा अधिवेशन सुरु हुने भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका नेपाली काँग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवले बताए । उनले भने,‘प्रदेशभरीको क्रियाशिल सदस्यता सम्बन्धि विवाद समाधान गर्नका लागि प्रयास भईरहेकोले यो समस्या चाँडै समाधान हुन्छ ।’
प्रतिक्रिया