ताजा समाचार


जनकपुरधामका युवाहरूलाई स्वास्थ्यप्रति जागृत गराउन वडाध्यक्ष साहद्वारा खेलकूद सामग्री सहयोग

द रियल समाचार     २०७८ भाद्र १८, शुक्रबार, १६: ३८ मा प्रकाशित




जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ का विभिन्न क्लबहरुलाई खेलकूद सामग्री हस्तान्तरण गरिएको छ ।

युवाहरूलाई स्वास्थ्यप्रति जागृत गर्न विभिन्न क्लबलाई वडाध्यक्ष जानकीराम साहले खेलकूद सामग्री वितरण गरेका हुन् । उनले युवाहरूलाई लक्षित गरी सो सामग्रीहरु प्रदान गरिएको बताए ।

वडा नम्बर–७ मा आफ्नै एउटा क्रिकेट टीम स्थापना होस भन्ने परिकल्पनाका साथ खेलकुद सामग्री हस्तान्तरण गरिएको वडाध्यक्ष साहले बताए । उनले स्वास्थ्य तथा खेलकुदप्रति प्रदेश सरकार तथा स्थानीय पालिकाहरुबाट कुनै पहल नभईरहेका बेला आफ्नो स्तरबाट एउटा सानो शुरुवात गरेको बताए ।

कुलतमा लागेका युवाहरुलाई खेलकूद गतिविधिमा समाविष्ट गर्नु जनप्रतिनिधिको दायित्व रहेको भन्दै आफूले ति सामग्रीहरु सहयोगस्वरुप प्रदान गरेको उनले बताए ।

त्यस्तै, आजै वडाध्यक्ष साहले नेपाल पत्रकार महाशंख धनुषा शाखालाई समेत खेलकूदका केही सामग्री हस्तान्तरण गरेका छन् । उनले पत्रकार महासंघका अध्यक्ष मनिका झालाई एकथान क्यारम बोर्ड हस्तान्तरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top