ताजा समाचार


विमानस्थलबाट ७७० ग्राम सुनजस्तो देखिने धातुसहित एक जना पक्राउ

द रियल समाचार     २०७८ भाद्र १८, शुक्रबार, १६: १८ मा प्रकाशित




काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ७७० ग्राम सुनजस्तो देखिने धातुसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा डोल्पाको ठुलो भेरी नगरपालिका–७ बस्ने ३३ वर्षीय बिष्णु बहादुर शाही छन् ।

फ्लाई दुबईको विमानबाट काठमाण्डौ आएका शाहीलाई विमानस्थल भन्सार कार्यालयको एक्सरेमा प्रहरीले चेकजाँच गर्ने क्रममा लगेजभित्र इमर्जेन्सी लाइटमा लुकाई ल्याएको उक्त धातुसहित पक्राउ गरेको हो ।

उक्त धातु लिन आएका स्याङ्जा पुतली बजार घर भएका ३८ वर्षीय भुपेन्द्र पौडेललाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top