ताजा समाचार


फोहरको दीर्घकालीन समाधानका लागि वडाध्यक्षहरू एक्शनमा

द रियल समाचार     २०७८ भाद्र १८, शुक्रबार, १६: ०७ मा प्रकाशित




जनकपुरधाम । नगरक्षेत्र भित्रको फोहरको दीर्घकालीन समाधानका लागि ल्याण्डफिल साइटको निर्माण गरिनु पर्ने विषयमा जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्षहरूले आज बैठक गरेका छन् ।

विभिन्न वडाका वडाध्यक्षहरूको सम्मिलित बैठकले फोहरको दीर्घकालीन समाधानको विषयमा छलफल गरिएको वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले जानकारी दिए ।

त्यस्तै, वडा नम्बर–४ का वडाध्यक्ष सुदर्शन सिंहले फोहरको दीर्घकालीन समाधानका लागि बैठकका निर्णयहरू सहित प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र दिने निर्णय भएको बताए ।

उपमहानगरपालिका क्षेत्रमा सडक, ढलको निर्माण भए पनि ल्याण्डफिल साइट बन्न नसक्दा नगरको फोहर व्यवस्थापनमा समस्या भइरहेको छ । अहिले नगरको फोहर संकलन गरेर अतिथि गृहमा थुपार्ने काम भईरहेको छ ।

एकीकृत शहरी विकास आयोजना अन्तर्गत ल्याण्डफिल साइट निर्माणका लागि २१ करोड रुपैयाँ छुट्टयाइएपनि जग्गाको व्यवस्थापन हुन नसक्दा रकम फिर्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top