ताजा समाचार


प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि अज्ञात समूहद्वारा कुटपिट

द रियल समाचार     २०७८ भाद्र १८, शुक्रबार, १५: ४२ मा प्रकाशित




जनकपुरधाम । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा एक स्वास्थ्यकर्मीमाथि कुटपिट गरिएको छ ।

अस्पताल परिसरमै एक समूहले अहेव देवेन्द्र ठाकुरमाथि कुटपिट गरेका हुन् । ठाकुरलाई अस्पतालको नियमित बैठक चलिरहेका बेला बाहिर बोलाएर सो समूहले लात र मुक्काले कुटपिट गरेका छन् ।

‘प्रादेशिक अस्पताल विकास समितिको बैठक चलिरहेको बेला मलाई एक व्यक्तिले बाहिर आउन आग्रह गरे । म बाहिर गएपछि उनीहरुले योजनावद्ध ढङ्गले कुटपिट गर्न थाले,‘उनले भने । उनले आफूमाथि कसबाट आक्रमण भएको हो भन्नेबारे अनभिज्ञता जनाएका छन् ।

कुटपिटबाट घाइते भएका ठाकुर उपचारपछि घर फर्केका छन् । यता, कुटपिट भइरहँदा अस्पतालमा रहेका सुरक्षागार्डहरु मुकदर्शक बनेको आरोप लागेको छ ।

अस्पताल जस्तो संवेदनशील क्षेत्रमा गुण्डागर्दी शैलीमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि त्यहाँ कार्यरत अन्य स्वास्थ्यकर्मी र चिकित्सकहरु त्रसित भएका छन् । उनीहरुले आफुहरु असुरक्षित रहेको बताए ।

अस्पतालका कर्मचारीहरुले कसैले कुनै गल्ती गरेमा कानुनी उपचारको व्यवस्था हुँदाहुँदै गुण्डा शैलीमा सार्वजनिक संस्था भित्र पसेर कुटपिट गर्नु कानुनी राज्यको उपहास भएको बताएका छन् । घटनाप्रति अस्पताल प्रशासनले समेत कुनै ठोस कदम चाल्न सकेको छैन् ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतसँग बुझ्न खोज्दा उनले घटनाप्रति अनभिज्ञता जनाएका छन् । यस सम्बन्धमा आफूलाई कुनै जानकारी नरहेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top