रौतहट । प्रदेश २ को रौतहट जिल्लामा १५ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।
जिल्लाको माधवनारायण नगरपालिकाकी एक किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।
प्रहरीले किशोरीमाथि बलात्कार गरेको आरोपमा सोही नगरपालिका वडा नम्बर–३ बस्ने किशन सहनीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए ।
उनका अनुसार घाँस काट्न गएकी ती किशोरीलाई सहनीसहित तीनजनाले डर त्रास देखाई जबरजस्ती करणी गरेका थिए । किशोरीले पहिचान गरेको आधारमा सहनीलाई पक्राउ गरिएको भण्डारीले बताए ।
घटनामा संलग्न रहेका अन्य दुई जनाको पहिचान भईसकेको तथा उनीहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया