ताजा समाचार


रौतहटका ८६ जनप्रतिनिधिले नयाँ दलमा गरे सनाखत

द रियल समाचार     २०७८ भाद्र १७, बिहीबार, १८: ५५ मा प्रकाशित




रौतहट । प्रदेश २ को रौतहट जिल्लाका एक मेयर र एक उपमेयरसहित स्थानीय तहका ८६ जना जनप्रतिनिधिले नयाँ दलमा सनाखत गरेका छन् ।

निर्वाचन आयोगले अगामी २२ गतेसम्म दल सनाखत गर्न दिएको समय अनुसार स्थानीय तहका जनप्रतिनिधिहरुले विधिवत रूपमा सनाखत गर्न सुरु गरेका हुन् ।

बिहीबार गौर नगरपालिकाका मात्रै जसपाका मेयर अजय कुमार गुप्तासहित ३६ जना जनप्रतिनिधि मध्ये ३२ जनाले जिल्ला निर्वाचन कार्यालय पुगेर लोसपामा सनाखत गरेका छन् । जिल्लाभरका ५२ जना जनप्रतिनिधिले लोसपामा सनाखत गरेको जिल्ला निर्वाचन अधिकृत छोटेलाल दासले बताए ।

त्यसैगरी तत्कालीन एमालेबाट निर्वाचित चन्द्रपुर नगरपालिकाकी उपमेयर रामरती चौधरी सहित ३४ जना जनप्रतिनिधिले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top