ताजा समाचार


सुदूरपश्चिममा ४ लाख १ हजार ३३ जनाले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

द रियल समाचार     २०७८ भाद्र १७, बिहीबार, १८: २६ मा प्रकाशित




सुर्खेत । सुदूरपश्चिम प्रदेशमा ४ लाख १ हजार ३३ जनाले कोरोना भाईरस विरुद्धको पूर्ण खोप लगाएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका कुल ६ लाख १ हजार ५ सय १८ जनाले कोरोना विरुद्धको खोप लगाएकोमा २ लाख ४ सय ५८ जना दोस्रो डोज लगाउन बाँकी रहेका छन् ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख तथा मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीका अनुसार सुदूरपश्चिममा ३ लाख ५ हजार ५ सय ५५ जनाले कोरोना विरुद्धको दुवै डोज खोप र ९५ हजार ४ सय ७८ जनाले जोन्सन एण्ड जोन्सनको एउटा डोज खोप लगाएका छन् ।जोन्सनको खोप लगाउनेले दोस्रो डोज लगाउन पर्दैन ।

भदौ १५ गते सम्म कैलालीमा सवैभन्दा बढी १ लाख ५५ हजार ५ सय १० जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् । यसैगरी कञ्चनपुरमा ८७ हजार ५८, अछाममा ३० हजार ६ सय ७०, डोटीमा ३१ हजार ८ सय ८९ जनाले कोरोनाको पुर्ण खोप लगाएका छन् ।

यसैगरी डडेल्धुराका १२ हजार १ सय ६२, बैतडीका ३५ हजार ५ सय २६, दार्चुलाका १९ हजार ४ सय ४८, बझाङका २२ हजार ५७ र बाजुराका ७ हजार २ सय १३ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाएको प्रवक्ता कार्कीले बताए ।

केन्द्र सरकारले उपलब्ध गराउने खोपका आधारमा प्रदेशमा आगामी दिनमा थप खोप कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top