ताजा समाचार


काँग्रेसको महाधिवेशन रोक्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट

द रियल समाचार     २०७८ भाद्र १७, बिहीबार, १८: १२ मा प्रकाशित




काठमाण्डौ । नेपाली काँग्रेसको महाधिवेशन रोक्नुपर्ने माग गर्दै पार्टीका एकजना नेताले सर्वोच्च अदालतमा रिट दिएका छन् ।

कोरोना महामारीका बेला महाधिवेशन गर्नु जनस्वास्थ्यका दृष्टिले प्रतिकुल हुने भन्दै बागमती प्रदेश सभाका सांसदसमेत रहेका नेता नरोत्तम बैद्य रिट लिएर सर्वोच्च पुगेका हुन् ।

प्रदेश सांसदले बैद्यले कोरोनाको जोखिम कायमै रहेकाले महाधिवेशन रोक्न आफूले रिट दायर गरेको बताए । उनले सबै नागरिकले खोप लगाइसकेपछि मात्रै कांग्रेस महाधिवेशन हुनुपर्ने आफ्नो माग रहेको बताए ।

कांग्रेस महाधिवेशन मंसिर ९–१३ सम्म काठमाडौंमा हुँदैछ । त्यसअघि वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश गरी विभिन्न तहको अधिवेशन हुने कांग्रेसको विधानको व्यवस्था छ ।

महाधिवेशनको प्रक्रिया शुक्रबारदेखि सुरु हुँदैछ । १४ औं महाधिवेशन अन्तर्गत भदौ १८ बाट वडा अधिवेशन सुरु हुँदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top