सर्लाही । सर्लाहीका तीन स्थानीय तहका प्रमुखले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।
जिल्लाको गोडैता नगरपालिकाका प्रमुख देवेन्द्रकुमार यादव, कौडेना गाउँपालिकाका अध्यक्ष रामप्रसाद राय यादव र ब्रहम्पुरी गाउँपालिकाका अध्यक्ष विनोदकुमार साहले लोसपाको पक्षमा सनाखत गरेका हुन् ।
बिहीबार जिल्ला निर्वाचन कार्यालयमा पुगेर उनीहरुले लोसपामा सनाखत गरेका हुन् । भदौ २२ गतेसम्म सर्लाहीका अन्य जनप्रतिनिधिहरुले पनि जिल्ला निर्वाचन कार्यालयमा सनाखत गर्ने लोसपाले जनाएको छ ।
प्रतिक्रिया