ताजा समाचार


लोसपातर्फ थप दुईजना प्रदेशसभा सदस्यले गरे सनाखत, संख्या १२ पुग्यो

द रियल समाचार     २०७८ भाद्र १७, बिहीबार, १७: ४५ मा प्रकाशित




जनकपुरधाम । जनता समाजवादी पार्टी परित्याग गरी लोकतान्त्रिक समाजवादी पार्टीमा आवद्ध प्रदेश २ का थप दुईजना प्रदेशसभा सदस्यले आज सनाखत गरेका छन् ।

जसपा छाडेर लोसपातर्फ लागेका प्रदेश २ का प्रदेशसभा सदस्य प्रह्लाद गिरी गोस्वामी र डा.डिम्पल झा शुक्रबार प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर सनाखत गरेका हुन् ।

जसपा छाडेर लोसपामा गएका सांसदहरूलाई दल चुन्नका लगि निर्वाचन आयोगले २२ गते सम्मका लागि समय दिएको छ ।

यसअघि बुधबार लोसपाको पक्षमा ११ जना प्रदेशसभा सदस्यहरुले सनाखत गरेका थिए । लोसपाको पक्षमा सनाखत गर्ने प्रदेशसभा सदस्यहरुमा परमेश्वर साह, सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलम देवी भूमिहारिन, अल्का झा, गौरीनारायाण साह, जानकीशरण साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह, डा.डिम्पल झा र प्रह्लाद गिरी गोस्वामी रहेका छन् ।

जितेन्द्र सोनल, अभिराम शर्मा र उपेन्द्र महतोलगायतका प्रदेशसभा सदस्यहरुले अर्को दिन सनाखत गराउने बताइएको छ ।

प्रदेश २ को प्रदेशसभामा तत्कालिन समाजवादी पार्टीबाट ३० र तत्कालिन राजपाको तर्फबाट २५ गरी जसपाको कुल ५५ प्रदेशसभा सदस्यहरु रहेका थिए । जसमध्ये १० जना जसपातर्फ लागेका थिए । अहिले लोसपातर्फ १५ जना प्रदेशसभा सदस्यहरु रहेका छन् । १५ मध्ये आज ११ जनाले बुधबार सनाखत गरेका थिए भने प्रदेशसभा सदस्य प्रह्लाद गिरी गोस्वामी जसपा परित्याग गरी आज लोसपामा प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top