ताजा समाचार


बिहीबार २००४ नयाँ संक्रमित थपिए, १८४६ संक्रमणमुक्त, १६ जनाको मृत्यु

द रियल समाचार     २०७८ भाद्र १७, बिहीबार, १७: २२ मा प्रकाशित




काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६ सय ५८ पीसीआर परीक्षणमा १ हजार ६ सय १९ र ३ हजार ९ सय ९२ एन्टिजेन परीक्षणमा ३ सय ८५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ४६ जना संक्रमणमुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ३३ हजार ९ सय ४६ रहेको छ जसमध्ये ३१ हजार ६ सय १९ जना होम आइसोलेसनमा र २ हजार ३ सय २७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top