ताजा समाचार


माधव पक्षमा लागेका २ जना प्रदेश सांसद ओली पक्षको बैठकमा सहभागी

द रियल समाचार     २०७८ भाद्र १७, बिहीबार, १७: १० मा प्रकाशित




जनकपुरधाम । तत्कालिन एमालेका दुई जना प्रदेशसभा सदस्यहरुले नेकपा एकीकृतमा सनाखत गर्ने भनिएपनि उनीहरु एमालेमै रहेको पुष्टि भएको छ ।

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा सनाखत गर्ने सूचीमा रहेका प्रदेशसभा सदस्यहरु सिता गुरुङ्ग र सुन्दरबहादुर विश्वकर्मा वीरगञ्जस्थित एमालेको प्रदेश कमिटी वैठकमा सहभागी भएका हुन् ।

एकीकृत समाजवादीका नेता शत्रुधन महतोले खराब मौसमका कारण सनाखतका लागि दुबैजना प्रदेश निर्वाचन कार्यालय आउन नसकेको सञ्चारकर्मीलाई जानकारी गराएका थिए ।

प्रदेशसभा सदस्य डिल्ली उप्रेती क्यान्सर पीडित रहेको र अहिले उनी स्वास्थोपचारको क्रममा दिल्लीमा रहेको उनले बताए । उताबाट उनको निवेदन आए लगत्तै सनाखत गराइने महतोले जानकारी दिए ।

यता, प्रदेशसभा सदस्यद्वय विश्वकर्मा र गुरुङ्ग एमालेको प्रदेशस्तरीय वैठकमा सहभागी रहेको एमालेका स्थायी समिति सदस्य सत्यनारायण मण्डलले जानकारी दिए ।

प्रदेशसभा सदस्यद्वय विश्वकर्मा र गुरुङ्ग पार्टीको विवाद सुरु भएपछि माधवकुमार नेपाल पक्षमा लागेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top